काठमाडौं-सरकारले अनुचित लेनदेन मिटरब्याज अपराधका सम्बन्धमा जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा पुष्कर कार्की र सञ्जिव मिश्र सदस्य रहने गरी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुुसार आयोगले तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नेछ ।
काठमाडौं-पाँचवटा संसदीय समितिको बैठक बस्दैँछ । संङघीय संसदका पाँचवटा समितिको बैठक बस्न लागेको हो । सबैजसो बैठक बिहान ११ः०० बजे देखी सुरू हुनेछन् । जसअनुसार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिसहित महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक […]
काठमाडौं-उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा तत्काल सुधार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले बुधबार सरुवा भएका सरकारी अधिकारीलाई उक्त निर्देशन दिएका हुन् । उनले नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न समेत कर्मचारीहरूलाई निर्देशन दिए। गृहमन्त्री लामिछानेले भने, ‘नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानुनले प्रत्यायोजन गरेको […]