काठमाडौं – काठमाडौं महानगरले साफ महिला च्याम्पियनसिपको आज हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल देखाउने व्यवस्था गरेको छ । महानगरले फाइनल खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन रहेकोले टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ । महानगरले खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक […]
काठमाडौं – साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरू हुनेछ । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । यसअघि ५ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित नेपाल पहिलोपल्ट उपाधि जित्ने […]
काठमाडौं – कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट […]