AarthikBikash
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • सानिमा बैंकले शुरु गर्यो ‘कर्पोरेट–पे’ सेवा

सानिमा बैंकले शुरु गर्यो ‘कर्पोरेट–पे’ सेवा

  • सोमवार, मंसिर १५, २०७७
सानिमा बैंकले शुरु गर्यो  ‘कर्पोरेट–पे’ सेवा

सानिमा बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक “ कर्पोरेट पे “ प्रणाली सुरु गरेको छ । कर्पोरेट पे सलुसन नेपाल क्लियरिङ्ग हाउसद्धारा प्रवर्धित बैंकिङ्ग कारेबार गर्ने विद्युतीय माध्यम हो ।

बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणाली मार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु बैंक खाताबाट सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत ग्राहकहरुले कनेक्ट आइपिएस अथवा एनसिएचएल आइपिएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी गर्न सक्नेछन् ।

‘कर्पोरेट पे’मा आबद्ध हुनका लागि व्यवसायिक ग्राहकले आवश्यक प्रकृया पूरा गरी आफैले तोकेको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् । यस प्रणालीमा मल्टी लेयर अथन्टीकेसनको सुरक्षित व्यवस्था गरिएको छ । कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र प्रयोग गर्न पाउने बैंकले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार