AarthikBikash
बिहिबार, साउन १४, २०७८
  • होमपेज
  • प्रदेश ४
  • बैंक अफ काठमाण्डूको लाभांश पारित

बैंक अफ काठमाण्डूको लाभांश पारित

  • सोमवार, मंसिर १५, २०७७
बैंक अफ काठमाण्डूको लाभांश पारित

बैंक अफ काठमाण्डू लिमिटेडले लाभांश पारित गरेको छ । बैंकको आज बसेको २६औं वार्षिक साधारण सभाले १६ प्रतिशत लाभाशं पारित गरेको हो ।

साधारण सभाले २०७६/७७ सम्मको संचित मुनाफाबाट २०७६ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त समारोहमा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार