AarthikBikash
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • माछापुच्छ्रे बैंकद्धारा लुम्बिनीमा पर्यटक प्रतिक्षालय निर्माण

माछापुच्छ्रे बैंकद्धारा लुम्बिनीमा पर्यटक प्रतिक्षालय निर्माण

  • सोमवार, मंसिर १५, २०७७
माछापुच्छ्रे बैंकद्धारा लुम्बिनीमा पर्यटक प्रतिक्षालय निर्माण

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी शाखामार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘पर्यटक प्रतिक्षालय’ को ब्यबस्था गरेको छ । देश तथा  विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकहरुलाइ लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त प्रतिक्षालय निर्माण गरेको हो ।

बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतिक्षालय लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र मणि शाक्य र परियोजना प्रबन्धक सरोज भट्टराईलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा बिभिन्न संघ संस्था तथा सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार र पुर्नस्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, तराईसम्म आफ्ना १६० वटा शाखाहरु १३३ शाखा रहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा २९३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर २०० वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार