mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ १८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • कला/साहित्य
  • बैंक अफ काठमाण्डूद्वारा ५ लाखको बीमा दावी भुक्तानी

बैंक अफ काठमाण्डूद्वारा ५ लाखको बीमा दावी भुक्तानी

  • बिहिबार, मंसिर १८, २०७७
बैंक अफ काठमाण्डूद्वारा ५ लाखको बीमा दावी भुक्तानी

बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ एघार लाख रुपैयाँसम्मको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा उपलब्ध गराउदै आईरहेको छ ।

बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको लागि पाँच लाख रुपैयाँ, १८ प्राणघातक रोगहरुको लागि पाँच लाख रुपैयाँ तथा औषधी उपचारको लागि एक लाख रुपैयाँको बीमा सुबिधा रहेको छ ।

यसै सुबिधा अन्र्तगत  रुद्र प्रसाद वस्तीलाई बैंकले ५ पाँच लाख बीमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेको छ । केही समययता प्राणघातक रोगको कारणले उनको स्वास्थ्य प्रतिकुल भएको अवस्थामा वस्तीले बैंकबाट उपलब्ध भएको बिमा दाबी रकम भुक्तानी प्राप्त गरी उक्त पैसा आफ्नो स्वास्थ्य उपचारमा प्रयोग गरी हाल सफल उपचार पश्चात् स्वास्थ्य लाभ गरी सामान्य जिवनयापन गरिरहेका छन् ।

बैंकको बाग्मती प्रदेश अन्र्तगत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख दिपक लम्सालले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक रुद्र प्रसाद वस्तीलाई हस्तान्तरण गरे । उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको नारायणघाट शाखाका प्रबन्धक माधव रेग्मीज्यूको उपस्थीती  रहेको थियो ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार