AarthikBikash
बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • फिचर
  • सेलपे तथा फोनपेबीच सहकार्य

सेलपे तथा फोनपेबीच सहकार्य

  • आइतवार, मंसिर २८, २०७७
सेलपे तथा फोनपेबीच सहकार्य

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. (सेलपे) तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा संचालक फोनपे पेमेण्ट सर्भिस लि. (फोनपे) विच सहकार्य भएको छ ।

यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने भएको कम्पनीले बताएको छ । सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाईदा उठाउ नसक्नुका साथै हरेक क्यूआर भुक्तानीमा रिवार्ड पोइन्टस पनि पाउनेछन् ।

उक्त सम्झौतापत्रमा सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधान तथा फोनपे पेमेण्ट सर्भिस लि. कातर्फबाट एफ वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका थिए ।

कोरोनाभाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि ग्राहकहरुको सुरक्षा र आवश्यकताहरुलाई ध्यानमा राखी सकेसम्म नगद कारोवार नगरी डिजिटल कारोवार गर्न सकियोस भनी यो सहकार्य गरिएको हो । साथै यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाहरु विचअन्तर आवद्धता भई ग्राहकहरुले अत्यधिक फाईदा उठाउन सक्ने छन् ।

यस सहकार्य अन्तर्गत सेलपेकाग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध रहेका करिब १६०००० मर्चेण्टहरुमा भुक्तानीगर्न सक्ने छन् । सेलपेकाग्राहकहरुले उक्त मर्चेण्टहरुबाट कुनै पनि सामानवा सेवा खरिद गर्दा सेलपे एप्पबाट उक्त मर्चेण्टमा रहेको फोनपे क्यूआर कोड स्यान गरी भुक्तानी गर्न सक्ने छन् । सेलपे सेवामोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

Facebook Comments

सम्बन्धित समाचार