AarthikBikash
बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मौसममा मनसुनी वायुको प्रभाव,दिउँसो र राति मध्यम वर्षाको सम्भावना

मौसममा मनसुनी वायुको प्रभाव,दिउँसो र राति मध्यम वर्षाको सम्भावना

  • शनिबार, असार १८, २०७९
मौसममा मनसुनी वायुको प्रभाव,दिउँसो र राति मध्यम वर्षाको सम्भावना

 काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

आज (शनिबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश-१, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेकाे छ ।

शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू-भागमा भने आंशिक बदलीदेखि मौसम समान्यता सफा रहनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै, बाँकी भू-भागका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार