AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा

  • शनिबार, असार १८, २०७९
गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा

काठमाडौं,बारा – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू बाराकाे निजगढमा पुगेका छन् । प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु शनिवार बिहान निजगढ पुगेका हुन् ।

साे क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा गरेका छन् । नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले भने- ‘दुइटा रनवेसहित विमानस्थल बनाउँछौं । त्यसका लागि विज्ञसँग छलफल गरिरहेका छौं । कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं ।’

तर, सर्वोच्च अदालतले विमानस्थलको काम अघि नबढाउन आदेश दिइसकेकाे छ । अहिलेसम्मका सबै प्रक्रिया खारेज गरेको सर्वोच्चले विज्ञको टोली बनाएर अरु विकल्पमाथि अध्ययन गर्न भनेको छ ।

निजगढ पुग्नेमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत छन् ।

Facebook Comments

सम्बन्धित समाचार