AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • गठबन्धनभित्र समस्या उत्पन्न हुनु सामान्य विषय: प्रधानमन्त्री देउवा

गठबन्धनभित्र समस्या उत्पन्न हुनु सामान्य विषय: प्रधानमन्त्री देउवा

  • मङ्लबार, असार २१, २०७९
गठबन्धनभित्र समस्या उत्पन्न हुनु सामान्य विषय: प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभएको छ ।

 

 

काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आज मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले आफ्नो पार्टी र गठबन्धन मिलाउनुपर्ने चुनौती रहेको समेत उल्लेख गरे ।

 

 

सोही कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र झगडा सुरु भएको प्रसंग उठाएपछि गुरुङलाई जवाफ दिँदै प्रधानमन्त्री देउवाले एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा समस्या हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताए । नेपाली राजनीतिमा स्वर्गीय कोइरालाको भूमिका अतुलनीय रहेको पनि उनको तर्क छ ।

 

Facebook Comments

सम्बन्धित समाचार