AarthikBikash
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • राजनीति
  • बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा छानबिन हुने

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा छानबिन हुने

  • बुधबार, असार २२, २०७९
बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा छानबिन हुने

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरिने भएको छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोपमाथि छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न सर्वदलीय छलफल जारी रहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार समितिमा को–को बस्ने भन्ने नाम टुंगो लगाउने कार्य भइरहेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा नै संसदीय छानबिन समिति गठनको तयारी भइरहेको हो । एमालेले भने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने नभए बर्खास्त गर्नुपर्ने माग अघि सारेको छ । यही विवादका कारण दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन ।

Facebook Comments

सम्बन्धित समाचार