AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारले रुसविरुद्ध र युक्रेनको पक्षमा भोटिङ गर्नु गलत :प्रचण्ड

सरकारले रुसविरुद्ध र युक्रेनको पक्षमा भोटिङ गर्नु गलत :प्रचण्ड

  • बिहिबार, असार २३, २०७९
सरकारले रुसविरुद्ध र युक्रेनको पक्षमा भोटिङ गर्नु गलत :प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले रुसविरुद्ध र युक्रेनको पक्षमा भोटिङ गर्नु गलत भएको बताएका छन् ।

केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै बिहीबार प्रचण्डले भने- ‘रुस-युक्रेन युद्धबारे नेपालले रुसविरुद्ध र युक्रेनको पक्षमा भोटिङ गर्‍यो । यो विषयमा गठबन्धनमा गम्भीर रूपमा गलत भयो भन्ने धारणा छ । चीन र भारतले समेत युक्रेन युद्धको बारेमा कुनै एउटा पक्ष लिएका छैनन् ।’

भारतले रुससँग निकटता प्रदर्शन गरिरहेको र चीनले खुलेआम समर्थन गरिरहेको अवस्थामा हामीले कसैको पक्षमा बोल्न नहुने उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले थपे ‘ युद्धमा यो वा त्यो पक्षमा लाग्नु भन्दा असंलग्न परराष्ट्र नीतिमा लाग्नुपर्छ । यस्ता समस्या कूटनीतिक माध्यमबाट गरियोस् भन्ने कुरा उठाउनुपर्छ । पक्षमा अभिव्यक्ति दिनु हाम्रो भूराजनीतिक अवस्थासँग मेल खाँदैन ।’

Facebook Comments

सम्बन्धित समाचार