AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • यौन हिंसा घटनामा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने संसदीय समितिको निर्णय

यौन हिंसा घटनामा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने संसदीय समितिको निर्णय

  • शुक्रबार, असार २४, २०७९
यौन हिंसा घटनामा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने संसदीय समितिको निर्णय

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसाको घटनाका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने निर्णय गरेको हो ।

समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरेर समितिले पीडितलाई क्षतिपूर्ति पीडकबाट नभई राज्य कोषबाट उपलब्ध गराउने निर्णय गरेको हो ।

पीडकबाट कारबाही स्वरुप प्राप्त हुने रकम राज्य कोषमा जम्मा गर्ने र त्यसबाटै पीडितलाई क्षतिपूर्ति दिलाउने समितिले निर्णय गरेको हो । विद्यमान कानुनअनुसार पीडितलाई पीडकबाट क्षतिपूर्ति दिलाउने व्यवस्था छ ।

Facebook Comments

सम्बन्धित समाचार