AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • लिउको भ्रमण तालिका : बिहान बीपी संग्रालयमा, साँझ प्रचण्डसँग डिनर

लिउको भ्रमण तालिका : बिहान बीपी संग्रालयमा, साँझ प्रचण्डसँग डिनर

  • सोमवार, असार २७, २०७९
लिउको भ्रमण तालिका : बिहान बीपी संग्रालयमा, साँझ प्रचण्डसँग डिनर

काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा जाँदै छन ।

चार दिने भ्रमणमा आइतबार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्ने छन् ।

मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाललाई भेट गर्नेछन ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार मात्रै भेटेपछि उनी स्वदेश फर्कनेछन । आइतबार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार