AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • यस्ताे छ बाबुराम भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदन

यस्ताे छ बाबुराम भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदन

  • मङ्लबार, असार २८, २०७९
यस्ताे छ बाबुराम भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदन

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मंगलबारबाट जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा सुरू भएकाे आफूपक्षीय भेलामा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

भट्टराईले अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् । उनका अनुसार पहिलो- नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने र दोस्रोमा विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसंग सहकार्य र एकीकरण गर्दै जाने ।

अब पार्टी पुनर्गठन अनिवार्य भएको पनि उनकाे भनाई छ । ‘हामीसंग जसपाको बैधानिक बहुमत रहे वा नरहेको दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ । पार्टी पुनर्गठन के कसरी गर्ने ? यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार हो । तसर्थ यो बिषयमाथि गम्भीर, सघन र विहबगम विचार, बिमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार यही बैठक सामु छोड्न चाहन्छु ।’ उनले भनेका छन् ।

पार्टीमा संगठनात्मक समस्या भएको भन्दै उनले गुनासो पाखेका छन्- ‘पार्टी संगठन, व्यवस्थित र चुस्तदुरुस्त बन्न सकेन । पार्टी समायोजनकै बेलादेखि पार्टी कब्जा गर्ने’ सोच हाबी भयो । सबै पक्षको सम्मानजनक र यथोचित सहभागिता र प्रतिनिधित्व हुने गरी समय मै समायोजन सम्पन्न गर्न सहजीकरण गर्नु र सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध बनाई लक्ष्य उद्धेश्यतर्फ निर्दिष्ट गर्ने भन्दा पनि अनेक झमेला र अविश्वास सृजना गरी महिनौं अल्झाउँने, कार्यकर्ताहरुमा निरासा र झर्को सृजना गर्ने र राजनीति तथा संगठनात्मक जीवनबाट पलायन हुन बाध्य पार्ने काम गरियो । एकतापछि पार्टीका संगठन, समिति र सदस्य थपिदै र बढ्दै जानु पर्न मा झन घट्न थाले । पार्टीको सदस्यको अभिलेखीकरण तथा नवीकरणमा कुनै सार्थक प्रयास गरिएन । केन्द्रीय निकाय र विभागहरु ३ बर्षभित्र पनि गठन हुन सकेनन्। पार्टी समितिभित्र यथोचित पदनाम दिने, जिम्मेवारी बाँडफाँड गर्ने, तहगत इन्चार्ज तोक्ने काम कहिल्यै भएन । जनसंगठनहरु समायोजन गर्ने, प्रभावकारी परिचालन गर्ने र इन्चार्ज तोक्ने काम पनि भएन । संगठन बिल्कुलै तदर्थवादी बन्दै गयो । संगठनभित्र यतिधेरै झमेला, अविश्वास, द्वन्द्व र तनावहरु देखिए, त्यसको निरुपण समाधान गर्नुको साटो कुनै एक पक्षलाई उचाल्ने, उच्काउँने, काखी च्याप्ने र झमेलालाई सदावहार बनाइराख्ने काम भयो ।’

उनले पेश गरेको प्रतिवेदनमा भनिएकाे छ- ‘कुनै मोड र क्षणमा अध्याँरो आयो भने फेरि उज्याँलो आउँदैन भन्ने हैन । कुनै एक सन्दर्भ र समस्याले पार्टी विभाजित भयो भने फेरि एकता हुँदैन भन्ने हैन । सृष्टिको अनन्त चक्रमा राम्रो र नराम्रो, ठीक र बेठीक, एकता र विभाजन, सफलता र असफता, अनुकुलता र प्रतिकुलता दुबै छन। तपाइँ हाम्रो राजनीतिक तथा व्यक्तिगत जीवनमा पनि यी चक्रझैं घुमिरहने हुन ।’

मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष भट्टराई समूह छुट्टाछुट्टै भेलाको आयोजना गरेर पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार