AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भक्तपुर सल्लाघारीका रुख काट्न थलियो

भक्तपुर सल्लाघारीका रुख काट्न थलियो

  • सोमवार, साउन ९, २०७९
भक्तपुर सल्लाघारीका रुख काट्न थलियो

असार ०९, भक्तपुर।

भक्तपुर सल्लाघारी क्षेत्रमा रहेकाे रुखहरू काट्न थालिएको छ । पुरानाे र कमजाेर रुख ढलेका कारण आइतबार गम्भीर दुर्घटना भएपछि सडकमा खतरा बनिरहेका रुखहरू साेमबारदेखि काट्न सुरु भएको हो ।

भक्तपुर नगरपालिका-१ सल्लाघारीमा आइतबार सल्लाको रुख ढलेर स्कुटर र मिनीबसमाथि बज्रिदा तीन जनाको मृत्यु भएको थियो । घटनामा परी मिनीबसमा सवार चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाही हरिवन नपा- ४ का राजकुमार भुजेलकाे निधन भएको थियो ।

सल्लाघारीमा सल्लाका पुराना धेरै नै रुख छन् । सरोकारवाला निकायबीच समन्वयपश्चात् त्यस्ता घटना दोहाेरिन नदिन रुख काटिएको थालिएकाे हाे । प्रकृति प्रतिकूल नहुने गरी रुखहरु हटाउने सहमतिअनुसार काटिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।

यो ठाउँं भक्तपुरकै एउटा प्रख्यात ठाउँं पनि हो । यो ठाउँंलाई स्थानीय नेपाल भाषामा च्वंगा गणेश भनिन्छ । यहाँं च्वंगा गणेश मन्दिर छन् । थुम्कोमा रहेको यो ठाउँं पिकिनिग स्पोर्ट पनि हो । थुम्कोको माथि खुला ठाउँं भएको चारैतिरका भिरालोमा सल्लाका रुखहरु रहेकाले यो ठाउँं आकर्षक छ । यहीकारण यहाँं चलचित्रलगायतका छायांकन गर्न पनि हुने गरेकाे छ ।

Facebook Comments

सम्बन्धित समाचार