AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति

इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति

  • सोमवार, साउन २३, २०७९
इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति

एजेन्सी – इजरायल र प्यालेस्टाइनी लडाकूहरू बीच युद्धविरामको सहमति भएको छ । तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको ज्यान गएपछि बल्ल दुवै पक्ष युद्धविरामका लागि सहमत भएका हुन् ।

प्यालेस्टाइन इस्लामिक जिहाद ‘पीआईजे’का लडाकुहरूले इजिप्टका मध्यस्थकर्ताहरूले मध्यस्थता गरेको वार्तापछि युद्धविराम भएको बताएका छन् ।

इजरायली प्रधानमन्त्री यायर लापिडको कार्यालयले युद्धविरामको पुष्टि गरेको छ । इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पीआईजेका एक वरिष्ठ सदस्यलाई गिरफ्तार गरेपछि तनाव सुरू भएको हो ।

पछिल्ला तीन दिनमा भड्किएको हिंसाका कारण १५ जना बालबालिकासहित ४३ जनाको मृत्यु् भएको थियो । तीन सय भन्दा बढी घाइते भएका थिए ।

पछिल्लो भिडन्तलाइ इजरायल र गाजा बीच २०२१ को मे मा भएको हिंसापछिको ठूलो र गम्भीर मानिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार