AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई दुईदिने प्रशिक्षण

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई दुईदिने प्रशिक्षण

  • सोमवार, साउन २३, २०७९
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई दुईदिने प्रशिक्षण

साउन २३, काठमाडौं ।

सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दुईदिने अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो।

पार्टी महामन्त्री गगन थापाका अनुसार साउन ३० र ३१ गते काठमाडौँमा देशभर स्थानीय सरकारका प्रतिनिधिलाई अभिमुखीकरण र प्रशिक्षणका लागि काठमाडौँ बोलाइएको छ। त्यस्तै पार्टी आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै भदौ २ देखि २४ गतेसम्म कार्यक्रम गर्ने भएको छ।

गाउँ–गाउँसम्म केन्द्रीय सदस्यहरु पुगेर निर्वाचन परिचालनका कार्यक्रम सम्पन्न गर्ने महामन्त्री थापाले जानकारी दिए। यसका लागि आज पार्टीमा पदाधीकारीहरूको बैठक बस्ने उनले लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको आयोजनामा भएको २८ औँ आदिवासी दिवस विशेष सभामा बोल्ने क्रममा जानकारी दिए।

Facebook Comments

सम्बन्धित समाचार