AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • गठबन्धन कर र डर दुवै हो : रामचन्द्र पौडेल

गठबन्धन कर र डर दुवै हो : रामचन्द्र पौडेल

  • आइतवार, साउन २९, २०७९
गठबन्धन कर र डर दुवै हो : रामचन्द्र पौडेल

चितवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन्। उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने बताए।

‘कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि हो,’ चितवनमा आज पत्रकारहरूसँग उनले भने। अहिले दलहरू मिलेर जानुपर्ने उनले बताए।

एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने बताउँदै पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताएका थिए।

गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उनले बताए। को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय नभएको उनले बताए। दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उनको भनाइ थियो।

‘तलको जनमत हेरेर निर्णय लिन्छौँ। कुन उम्मेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ त्यसलाई आधार मान्नुपर्छ,’ उनले भने। उनले कांग्रेसलाई जिताउने गरी लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए।

अबको निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो भन्ने प्रश्नमा पौडेलले भने, ‘यो निर्णय लिने जिम्मा पार्टीको हो। अहिले नै घोषणा गर्ने समय भएको छैन।’

फरक प्रसंगमा उनले नागरिकता विधेयक संसद्ले पास गरेकाले राष्ट्रपतिबाट रोकिन नहुने बताए।

Facebook Comments

सम्बन्धित समाचार