AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • मसँग उपचार गर्ने पनि पैसा छैनः ओली

मसँग उपचार गर्ने पनि पैसा छैनः ओली

  • आइतवार, साउन २९, २०७९
मसँग उपचार गर्ने पनि पैसा छैनः ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको प्रसंग निकाल्दै ओलीले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए ।

उनले भने, ‘तपाईंहरुले उपचार गर्दिनुभयो भने हुन्छ । मैले मेरो घरजग्गा बेच्न पनि पाउँदिनँ । किनभने मैले दान गरिसकेको छु ।’ सांसद रहेकाले त्यसबाट धेरथोर पैसा आएपनि त्यसले आफ्नो उपचार गर्न नपुग्ने ओलीको भनाई थियो ।

यस्तै, अध्यक्ष ओलीले आफूभन्दा ज्येष्ठ नागरिकका कुरा पनि सुन्न युवाहरुलाई आग्रह समेत गरे ।

युवाहरुमा नयाँ जोश, जाँगर, कार्यशैली ज्येष्ठ नागरिकको तुलनामा बढी हुने भए पनि ज्येष्ठ नागरिकको पनि कुरा सुन्नुपर्ने र उनीहरुको योगदानलाई बिर्सन नहुने उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार