AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • आज पनि माओवादीले पदाधिकारी टुंग्याउन सकेन

आज पनि माओवादीले पदाधिकारी टुंग्याउन सकेन

  • शुक्रबार, भदौ ३, २०७९
आज पनि माओवादीले पदाधिकारी टुंग्याउन सकेन

काठमाडौं – नेकपा माओवादी केन्द्रले आज पनि पदाधिकारी टुंगो लगाउन सकेन । आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराले शनिबार दिउँसो १ बजे पुन: स्थायी समिति बैठक बस्ने बताए । माओवादीले कति सदस्यीय पदाधिकारी बनाउने भन्ने विषय पनि टुंगो लगाउन सकेको छैन ।

माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन ।

Facebook Comments

सम्बन्धित समाचार