AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • अलबिदा प्रदीप गिरी

अलबिदा प्रदीप गिरी

  • आइतवार, भदौ ५, २०७९
अलबिदा प्रदीप गिरी

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ । नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको हो ।

अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक गिरी घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात केही महिनाअघि मात्र नेपाल फर्किनुभएको थियो । गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना गरिएका गिरिलाई पछिल्लो समय निमोनियाले च्याप्नुका साथै शरीरका अधिकांश अंगले काम समेत गर्न छाडेका थिए ।

गिरीको जन्म सिराहाको बस्तीपुरमा सम्पन्न परिवारमा भएको थियो । उनको परिवार नै राजनीति क्षेत्रमा क्रियाशील रहेको थियो । उनका दुई जना काका प्रधानमन्त्री र गृहमन्त्री बनिसकेका थिए । पञ्चायतमा तुलसी गिरी प्रधानमन्त्री र रुद्र गिरी गृहमन्त्री भएका थिए । उनका बुबा मित्रलाल भने नेपाली कांग्रेस प्रतिबन्धित रहेकै अवस्थामा सिराहा सभापति बन्नु भएको थियो ।

प्रदीप गिरी राजनीति सानै उमेरबाट प्रारम्भ भएको थियो । गिरी २०१७ सालबाट नै नेपाली राजनीतिमा लागेका थिए ।
राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा उहाँले जेल जीवन समेत बिताइसकेका थिए । उनी २०२४ सालमा नेपाल छात्र संघ ९बनारस० को निर्वाचित उपाध्यक्ष भएका थिए।

Facebook Comments

सम्बन्धित समाचार