AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • त्रिविको समस्या तत्काल समाधान गर्न सभामुख सापकोटाको रुलिङ

त्रिविको समस्या तत्काल समाधान गर्न सभामुख सापकोटाको रुलिङ

  • सोमवार, भदौ १३, २०७९
त्रिविको समस्या तत्काल समाधान गर्न सभामुख सापकोटाको रुलिङ

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविको समस्या समाधान गर्न रुलिङको माग गरेका थिए । उनका मागबमोजिम सभामुख सापकोटाले त्रिविमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

लामो समयदेखि त्रिविमा लागेको तालाबारे उपकुलपतिसहितको जवाफ मागेका सांसद ज्ञवालीले समस्या समाधानमा सरकारले पहल नगरेको आरोप लगाए ।

समस्या समाधानका लागि रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताउँदै एमालेका सांसद उठेर विरोध जनाएपछि सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् । ‘त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका विरोध कार्यक्रमले विश्वविद्यालयको शैक्षिक गतिविधि प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुुरा उठाउनुभएको छ । सभाको गम्भीर ध्यानाकर्षण भएको छ,’ सापकोटाले भने, ‘तसर्थ यो समस्या समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्छु ।’

Facebook Comments

सम्बन्धित समाचार