AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • सरकार संरक्षित समूहले त्रिविमा ताला लगाउने र प्राध्यापक कुट्ने कार्य गरेको एमालेको आरोप

सरकार संरक्षित समूहले त्रिविमा ताला लगाउने र प्राध्यापक कुट्ने कार्य गरेको एमालेको आरोप

  • सोमवार, भदौ १३, २०७९
सरकार संरक्षित समूहले त्रिविमा ताला लगाउने र प्राध्यापक कुट्ने कार्य गरेको एमालेको आरोप

काठमाडौं – नेकपा एमालेले सरकार संरक्षित समूहले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको आरोप लगाएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्रिविमा ताला लगाउने र प्राध्यापक कुट्ने समूहलाई नै सरकारले संरक्षण गरेको आरोप लगाएका हुन् ।

सरकार नेतृत्वकर्ता दल कांग्रेसको भ्रातृ संगठन नेविसंघले त्रिविमा तालाबन्दी गरेको उनको भनाइ छ । त्रिविमा तालाबन्दीसहित नेविसंघले गरिरहेका क्रियाकलापमा सरकारले संरक्षण गरेको आरोप लगाउँदै ज्ञवालीले तत्काल यस्ता गतिविधि बन्द गर्न माग गरे ।

विद्यार्थी संगठनको नेतृत्व लिएका व्यक्ति नै अहिले देशको सर्वाेच्च पदमा पुगेको बताएका उनले त्रिविमा ताला लगाउने, प्राध्यापकलाई कुट्ने जस्ता कार्य गर्नेलाई कारबाहीबाट जोगाउन प्रहरीबाट सुरक्षा दिने र महान्यायाधिवक्ताबाट मुद्दा रोक्ने भन्दै आफ्ना कार्यकर्तालाई गलत शिक्षा दिएको आरोप लगाए ।

नेविसंघले लामो समयदेखि त्रिविमा तालाबन्दी गरिरहेको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार