AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • आज नवरात्रको पहिलो दिन : शैलपुत्री भवानी माताको पूजाराधना गरिँदै

आज नवरात्रको पहिलो दिन : शैलपुत्री भवानी माताको पूजाराधना गरिँदै

  • सोमवार, अशोज १०, २०७९
आज नवरात्रको पहिलो दिन :  शैलपुत्री भवानी माताको पूजाराधना गरिँदै

काठमाडौं –  नेपालीहरूकाे महान् पर्व बडा दशैंको प्रथम दिन आज घरघरमा भगवती दुर्गा भवानीको प्रथम रुप माता शैलपुत्रीको पूजाराधना गरिंदै छ । हिमालय पर्वतकी छोरीका रुपमा प्रादुर्भाव भएकी देवी शैलपुत्रीको पूजा गर्नाले माता प्रकृति प्रसन्न भई सहसमृद्धि प्राप्त हुने शास्त्रहरुमा उल्लेख छ ।

शैलपुत्रीलाई शिवकी शक्ति मानिन्छ। वृष अर्थात् साँढेमाथि बसेकी शैलपुत्रीले दायाँ हातमा त्रिशूल र बायाँ हातमा कमल लिएकी छिन्। शैलपुत्रीको उपासनाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।

माता शैलपुत्रीको पूजाआजाका लागि भक्तजनहरु भिडभाड नभए पनि देवी मन्दिरहरुमा नित्य पूजा भएका छन् । आज शक्तिपीठ, देवीमनिदर तथा घरघरमा विशेष विधिपूर्वक घटस्थापना गरी जमरा राखिंदै छ । भगवती शैलीपुत्री हिमालय पर्वतकी छोरी भएकीले उनलाई पार्वती हेमावती, प्रकृति नामले समेत पुकार्ने गरिन्छ ।

शैलपुत्री सबै देवीकी पनि आदिदेवी प्रारम्भा हुन् । आदिशक्ति हुन् । उनैबाट अरु देवी लोकमा विभिन्न हितरक्षा गर्न जगतमा उद्भव भएका हुन् । शैलपुत्री देवी हरियो रंङमा रहेको चित्रण गरिएको छ । शिरमा अर्धचन्द्र धारण गरेकी, गलामा सेतो माला पहिरेकी,हातमा त्रिशुल र कमल लिएकी नन्दीमाथि चढेकी छन् भनेर वर्णन गरिएको छ ।

उनले जगतलाई प्राकृतिक सिर्जनाले सजाई संसारमा वैभव भर्दछिन् भन्ने पनि देवीभागवत दुर्गासप्तशति, चण्डी लगायतका ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ । आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवी शैलीपुत्रीको आराधना गरी भक्तहरुले देवी पूजन गरिरहेका छन् । गाउँघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान गरिंदै छ । सफलता, सिद्धि र दीर्घायुको कामना गरिंदै छ ।

दूर्गा कवच मन्त्र–

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।

पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।

सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।

नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।

Facebook Comments

सम्बन्धित समाचार