AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • आजबाट निर्वाचन आचारसंहिता लागू

आजबाट निर्वाचन आचारसंहिता लागू

  • बुधबार, अशोज १२, २०७९
आजबाट निर्वाचन आचारसंहिता लागू

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ ।

मंगलवार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको हो । निर्वाचनमा भाग लिने राजनीतिक दल देखि कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायतविभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने हुन्छ ।

दर्ता भएका दलहरुले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न नपाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल बताउँछन् ।

निर्वाचनको अवधिभित्र कुनै पनि मतदातालाई मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि तथा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र बकसका रुपमा नगद वा जिन्सी नदिन, सार्वजनिक भोज भतेरको आयोजना नगर्न आयोगले निर्देशन दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार