AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मनास्लुमा मृत भेटिइन् विश्वविख्यात स्की पर्वतारोही हिलारी

मनास्लुमा मृत भेटिइन् विश्वविख्यात स्की पर्वतारोही हिलारी

  • बुधबार, अशोज १२, २०७९
मनास्लुमा मृत भेटिइन् विश्वविख्यात स्की पर्वतारोही हिलारी

काठमाडौं – विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मनास्लु हिमालमा मृत फेला परेकी छन्। गत सोमबार बिहान स्की गर्ने क्रममा हिम पहिरोमा परी उनी बेपत्ता भएकी थिइन् ।

खोजी गर्ने क्रममा बुधबार बिहान नेल्सनको शव फेला परेको नेपाल ट्रेकका प्रमुख जीवन घिमिरेले जानकारी दिए । सांग्रिला नेपाल ट्रेकमार्फत् ४९ वर्षीया नेल्सनको मनास्लु आरोहणमा गएकी थिइन्। नेल्सन मनाङतर्फ पर्ने भीमथाङको २ हजार फिट गहिरो खोंचमा परेकी थिइन्।

नेल्सन दुई दशकदेखि हिमाल आरोहणमा संलग्न थिइन्। हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् ।

Facebook Comments

सम्बन्धित समाचार