AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • प्रचण्डले जनादेशको अनादर गरेपछि संसद् विघटन गरिएको होः केपी ओली

प्रचण्डले जनादेशको अनादर गरेपछि संसद् विघटन गरिएको होः केपी ओली

  • सोमवार, कार्तिक २१, २०७९
प्रचण्डले जनादेशको अनादर गरेपछि संसद् विघटन गरिएको होः केपी ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनादेशको अनादर गरेपछि संसद् विघटन गरिएको बताएका छन्।

सोमबार पोखरामा आयोजित बृहत्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले प्रचण्डको कारण संसद विघटन गरिएको आरोप लगाएका हुन्। प्रचण्डले जनादेशको अनादर गरेर आफूहरूको प्रतिबद्धता च्यातेपछि संसद् विघटन गरिएको उनको ओलीको भनाई छ।

उनले भने, ‘माओवादी र हामी मिलेर संयुक्त घोषणापत्र ल्याएका थियौँ। प्रचण्डले त्यसलाई लत्त्याएर च्यातेर जनादेशको अनादर गरेपछि ताजा जनादेशमा जानुपर्ने अवस्था बन्यो।’

त्यस्तै, अहिलेको पाँच दलीय गठबन्धन विदेशीसँग झुकेको आरोप लगाएका छन्। उनले भने, ‘पाँच दलीय गठबन्धन विदेशी शक्तिसँग झुकेर हजुर प्रभु गरिरहेको छ।’

आफूले नभएर वर्तमान गठबन्धनले संविधान मास्ने काम गरेको आरोप पनि लगाएका छन्।

Facebook Comments

सम्बन्धित समाचार