AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रदेश १ का वन मन्त्री शेखरचन्द्र थापाको निधन

प्रदेश १ का वन मन्त्री शेखरचन्द्र थापाको निधन

  • बुधबार, कार्तिक २३, २०७९
प्रदेश १ का वन मन्त्री शेखरचन्द्र थापाको निधन

विराटनगर – प्रदेश-१ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको उपचारका क्रममा निधन भएको छ ।

५८ वर्षीय थापाको आज बिहान साढे १० बजे विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।

थापा आसन्न प्रदेशसभा सदस्य निर्वाचनमा उमेदवार समेत रहेका थिए । उनी मोरङ निर्वाचन क्षेत्र नम्बर–३ ‘क’बाट उमेदवार बनेका थिए ।

थापालाई निमोनिया देखिएको थियो । पछि डेंगी संक्रमण पनि भएको थियो । काठमाडौंको ह्याम्स अस्पतालमा उपचारपछि उनलाई मंगलबार विराटनगर ल्याएर नोबेलमा भर्ना गरिएको थियो । डेंगी निको भएपछि विराटनगर ल्याइएको जनाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार