AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • रूकुम पूर्वमा माओवादीका पूर्णबहादुर घर्ती निर्वाचित

रूकुम पूर्वमा माओवादीका पूर्णबहादुर घर्ती निर्वाचित

  • बुधबार, मंसिर ७, २०७९
रूकुम पूर्वमा माओवादीका पूर्णबहादुर घर्ती निर्वाचित

काठमाडौं – रूकुम पूर्वको प्रतिनिधिसभा सदस्य पदमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्।

लुम्बिनी प्रदेशका सभामुखसमेत रहेका घर्ती प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले विजयी भएका हुन्। उनले १२२६२ मत ल्याएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्ल ५ हजार २ सय ११ मा रोकिए ।

यससँगै लुम्बिनी प्रदेशबाट माओवादीले प्रतिनिधसभामा पहिलो जित दर्ता गराएको छ ।

Facebook Comments

सम्बन्धित समाचार