AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • ललितपुर क्षेत्र नम्बर ३ बाट तोसिमा कार्की विजयी

ललितपुर क्षेत्र नम्बर ३ बाट तोसिमा कार्की विजयी

  • बिहिबार, मंसिर ८, २०७९
ललितपुर क्षेत्र नम्बर ३ बाट तोसिमा कार्की विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका डा तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

तोसिमाले ३१ हजार १३६ मतसहित संसदमा पुगेकी हुन् ।  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाउँदा ऊर्जामन्त्री एवं माओवादी उपमहासचिव पम्फा भुसालले तेस्रोमा झरिन् । उनले ८ हजार ७६९ मत मात्र पाइन् ।

तोसिमाको जितसँगै स्वतन्त्र पार्टीले पाँच सिट ल्याएको छ । ०७४ को निर्वाचनमा भुसाल यस क्षेत्रबाट विजयी भएकी थिइन् ।

Facebook Comments

सम्बन्धित समाचार