mega darknetmega darknet
AarthikBikash
सोमवार, कार्तिक १८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • विश्व
  • अमेरिकामा संघीय कर्मचारीलाई टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित

अमेरिकामा संघीय कर्मचारीलाई टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित

  • बिहिबार, मंसिर २९, २०७९
अमेरिकामा संघीय कर्मचारीलाई टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित

एजेन्सी –अमेरिकी सिनेटले संघीय कर्मचारीहरूलाई सरकारी स्वामित्वको डिभाइसमा टिकटक प्रयोग गर्नबाट रोक लगाउने विधेयक पारित गरेको छ । सिनेटको ध्वनी मतले टिकटक प्रयोगमा रोक लगाउने विद्येयक पारित गरेको हो ।

राष्ट्रपति जो बाइडेनलाई  स्वीकृतिको लागि पठाउनुअघि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले विद्येयकलाई  अनुमोदन गर्न आवश्यक छ। यो वर्तमान कंग्रेस अधिवेशन समाप्त हुनु अघि हुन आवश्यक छ, जुन अर्को हप्ता अपेक्षित छ।

बेइजिङले राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने अमेरिकीहरूको जासूसी गर्न एप प्रयोग गर्न सक्ने  धेरै अमेरिकी अधिकारीहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।

धेरै राज्यहरूले पहिले नै सरकारी उपकरणहरू र नेटवर्कहरूमा बाइटडान्स–स्वामित्व भएको एपको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरिसकेका छन् । नर्थ डकोटा र आयोवा यस हप्ता विधेयक पारित गर्ने सूचीमा सहभागी छ । यसअघि टेक्सास, मेरील्याण्ड, साउथ डकोटा, अलाबामाले विधेक पारित गरिसकेका छन् ।

सम्बन्धित समाचार