AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • जनतालाई शीतलहरबाट जोगाउन सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन

जनतालाई शीतलहरबाट जोगाउन सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन

  • सोमवार, पुस १८, २०७९
जनतालाई शीतलहरबाट जोगाउन सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन

काठमाडौै-उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् ।

मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । सोही क्रममा मन्त्री लामिछानेले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएका हुन् ।

गृहमन्त्रालयबाट भर्चुअलरुपमा गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायमा प्रतिनिधिसमेत सहभागी छन् । जारी बैठकमा गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा तथा सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन समेत दिएका छन् ।

गृहमन्त्री लामिछानेले गृहप्रशासनको काम कारबाही र सेवालाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशनसमेत दिएका छन् ।

बैठक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, नागरिकका गुनासा सम्बोधन गर्दै गृहप्रशासनको सेवा छिटो र छरितोरुपमा उपलब्ध गराउनेलगायतका विषमया केन्द्रित रहेको जनाइएको छ ।

उनले अधिकांश नागरिक गृह प्रशासनसँग ठोकिने र जनताका गुनासा पनि बढी गृहअन्तर्गतका निकायमा रहने भएकाले आफुले गृहमन्त्रालय रोजेको यसअघि नै सार्वजनिक गरिसकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार