AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

  • मङ्लबार, पुस १९, २०७९
नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौं-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।

मंगलबार सम्पन्न पार्टीको पोलिटब्यूरो बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी कमिटी भन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाई गर्ने, अरुको प्रशंशा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरित काम नगर्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।

उनले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँडने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित पार्टी हुनै नसक्ने पनि स्मरण गराए । अध्यक्ष नेपालले आफूले पार्टी अनुशासित र संस्थागत रुपमा चलोस् भन्ने चाहेको पटक(पटक दोहोर्‍याए ।

अध्यक्ष नेपालले पार्टी कमिटी भित्र बसेर व्यापक छलफल गर्ने, विचार मन्थन गर्ने परिपाटी पार्टीमा आफूले बसाउन चाहेको समेत बताए।

Facebook Comments

सम्बन्धित समाचार