AarthikBikash
शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपाल टी-२० लिगबारे अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लामिछनेको निर्देशन

नेपाल टी-२० लिगबारे अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लामिछनेको निर्देशन

  • मङ्लबार, पुस १९, २०७९
नेपाल टी-२० लिगबारे अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लामिछनेको निर्देशन

काठमाडौं-उपप्रधान तथा गृहमन्त्री रवि लामिछनेले नेपाल टी–२० लिगबारे अनुसन्धान गर्न प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे अनुसन्धान गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन् ।

९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे उनले चासो लिएका हुन्  । मन्त्रालयको निर्देशनअनुसार सीआईबीले मंगलबारदेखि नै अनुसन्धान सुरु गरिसकेको छ ।

आज मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेलको क्रममा खेलाडीहरुले टस गर्न नमानेपछि निर्धारित २० ओभरको खेललाई ९ ओभरमा झारेर दुई घण्टापछि खेल सुचारु भएको थियो ।

नेपाल टी–२० लिगमा आबद्ध विभिन्न टिमका खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै विरोध समेत जनाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार