AarthikBikash
मङ्लबार, असार ४, २०८१
  • होमपेज
  • देश
  • फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल

फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल

  • बिहिबार, फाल्गुन ११, २०७९
फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

सिंहदरबारमा आज सम्पन्न भेटमा आसन्न राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच भइरहेको छलफलका विषयमा कुराकानी भएको जनाइएको छ । छलफलपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री दाहालले दलबीचको छलफल जारी रहेको र यही फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने जानकारी दिए ।

उनले भने, “अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन ।” भेटवार्तामा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि सहभागिता थियो ।

Facebook Comments

सम्बन्धित समाचार