AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • राजनीति
  • संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथीको छलफलले जारी रहने

संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथीको छलफलले जारी रहने

  • मङ्लबार, जेष्ठ २३, २०८०
संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथीको छलफलले जारी रहने

काठमाडौं-संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ ।

जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज एकै पटक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ । हिजोबाट सुरु भएको बजेटमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो ।

सरकारले प्रस्तुत गरेको बजेट माथी प्रतिनिधिसभा सदयस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् । गत जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो ।

सो अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको बिषयलाई लिएर गत आइतवार संसद अबरुद्ध भएको थियो भने बंगलादेश जाने मार्गका लागि कालापानी साटफेर गर्ने बिषयमा प्रधानमन्त्री दाहालसँग प्रमुख प्रतिपक्ष दललगायतले जवाफ माग गरे पछि बजेट माथीको छलफल सहज तरिकाले अघि बढन सकेको थिएन ।

तर, साेमवार प्रधानमन्त्री प्रचण्डले जवाफ दिईसकेकाले बजेट माथीको छलफलले निरन्तरता दिन लागिएको हो ।

सम्बन्धित समाचार