AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस सांसद सुनील शर्मा पक्राउ

कांग्रेस सांसद सुनील शर्मा पक्राउ

  • बिहिबार, साउन २५, २०८०
कांग्रेस सांसद सुनील शर्मा पक्राउ

काठमाडौं-सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीवार दिउँसाे काठमाडौंको गल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको हाे ।

शैक्षिक प्रमाण पत्र कीर्ते गरेको अभियोगमा शर्मालाई पक्राउ गरिएकाे प्रहरी प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए । उनले बाँकी कुरा भने खुलाउन चाहेनन् ।

तर, सिआइबी स्रोतका अनुसार शर्माकाे भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएकाे छ ।

शर्मा मोरङ-३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।

Facebook Comments

सम्बन्धित समाचार