AarthikBikash
सोमवार, असार ३१, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रपति पौडेललाई भेटे प्रधानमन्त्री प्रचण्डले

राष्ट्रपति पौडेललाई भेटे प्रधानमन्त्री प्रचण्डले

  • सोमवार, भदौ १८, २०८०
राष्ट्रपति पौडेललाई भेटे प्रधानमन्त्री प्रचण्डले

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

साथै उनीहरु देशको समसामयिक, राजनीतिक विषयमा पनि कुराकानी भएको छ ।

यही ३० भदौमा प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्दैछन्। त्यतैबाट प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने कार्यक्रम छ ।

Facebook Comments

सम्बन्धित समाचार