AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • हडतालमा उत्रिए विमानस्थलका कर्मचारी, भन्सारका सबै काम ठप्प

हडतालमा उत्रिए विमानस्थलका कर्मचारी, भन्सारका सबै काम ठप्प

  • सोमवार, भदौ २५, २०८०
हडतालमा उत्रिए विमानस्थलका कर्मचारी, भन्सारका सबै काम ठप्प

काठमाडौं-त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ५ बुँदे माग सहित आन्दोलनमा उत्रेका छन् ।

सुन तस्करी प्रकरणमा कर्मचारीहरुलाई अनावश्यक दुख दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सेवा ठप्प पार्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका हुन् । विमानस्थलका सेवामा हडताल गर्न नपाउने कानुनी प्रावधानलाई चुनौती दिँदै उनीहरूले हडतालका विभिन्न कार्यक्रम घोषणा गरेका छन् ।

त्यसैअनुरूप उनीहरूले आइतबार तीन घन्टा ‘पेन डाउन’समेत गरे । विमास्थल कर्मचारीहरुले सोमबार र मंगलबार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य पूर्णरुपमा बन्द गर्ने भएका छन् ।

माग पूरा नभए आगामी बुधबार यात्रु जाँचपास शाखाबाट हुने कामहरु समेत रोक्ने चेतावनी पनि उनीहरुले दिएका छन् । यसअघि उनीहरूले सामुहिक सरुवाको माग समेत गरेका थिए ।

विद्युतीय चुरोट मार्फत ९ किलो र ब्रेकशु मार्फत ६१ किलो सुन तस्करी भएको प्रकरणमा भन्सारका कर्मचारीहरु पक्राउ पर्न थालेपछि उनीहरु विरोधमा उत्रिएका हुन् । विद्यमान कानुनमा अत्यावश्यक सेवामा हडताल गर्न नपाउने व्यवस्था छ । सरकारले विभिन्न २५ वटा अत्यावश्यक सेवामा कुनै पनि बहानामा हडताल वा अवरोध गर्न निषेध गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार