AarthikBikash
सोमवार, साउन ७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

  • सोमवार, भदौ २५, २०८०
सुनको मूल्य बढ्यो

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ।

सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छ ।

आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।

Facebook Comments

सम्बन्धित समाचार