AarthikBikash
आइतवार, अशोज ४, २०८३
  • होमपेज
  • राजनीति
  • एमाले सांसदलाई ओलीको निर्देशन: हात उठाएर बोल्नुस्

एमाले सांसदलाई ओलीको निर्देशन: हात उठाएर बोल्नुस्

  • शनिबार, माघ २०, २०८०
एमाले सांसदलाई ओलीको निर्देशन: हात उठाएर बोल्नुस्

काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्को अगाडिको सिटमा बस्ने पार्टीका सांसदहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्।

शनिबारर एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अगाडिको लहरमा बस्ने सांसदहरूले लिड गर्दै अरू सांसदलाई पनि बोल्न लगाउने र प्रमुख सचेतक, सचेतकहरूलाई गाइड गर्नुपर्ने बताएका हुन्।

उनले भने, “अगाडिको सिटमा बस्ने सांसदहरूले लिड गर्नुपर्छ । समसामयीक राजनीतिक विषयमा हात उठाउनुपर्छ र बोल्नुपर्छ। अरू साथीहरूलाई यस विषयमा बोल्नुस् भन्नुपर्छ। अगाडिको सिटमा हुने साथीहरूले प्रमुख सचेतक, सचेतकहरूलाई पनि गाइड गर्नुपर्छ। प्रमुख सचेतक र सचेतकले विभिन्न विषयमा साथीहरूलाई विषय बाँडी बाँडी बोल्न दिनुपर्छ।”

उनले आफूले बुझेको विषय अनुसार संसदीय समितिमा बस्न आग्रह गर्दै नबुझेको समिति छोडेर बुझेकोमा सर्न निर्देशन दिए।

सम्बन्धित समाचार