AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • आदिवासी जनजातिले आफ्नो राजनीतिक अभिभावक भुल्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

आदिवासी जनजातिले आफ्नो राजनीतिक अभिभावक भुल्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

  • आइतवार, माघ २१, २०८०
आदिवासी जनजातिले आफ्नो राजनीतिक अभिभावक भुल्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति समुदायले आफ्नो वास्तविक राजनीतिक अभिभावकलाई भुल्न नहुने बताएका छन् ।

आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजातिलाई आफ्नो नेतृत्वबारे अन्यौलमा नबस्न सुझाव दिए ।आफ्नो राजनीतिक नेतृत्व चिन्न नसके प्राप्त अधिकार रक्षा गर्न कठिनाइ हुने प्रधानमन्त्री प्रचण्डको भनाई छ।प्रधानमन्त्री प्रचण्डले भने,’जुन राजनीतिक शक्ति र नेतृत्वले पहिचान र अधिकारको मुद्दा उठायो, त्यसका पक्षमा दृढथतापूर्वक सङ्घर्ष गर्‍यो, निकै ठूलो वैचारिक बहस र कानुनी लडाइँमा विजय हासिल गरेर ती अधिकारहरू संविधानमा लिपिवद्ध गर्‍यो, त्यो शक्ति र नेतृत्वलाई चिन्न सकिएन भने प्राप्त अधिकार रक्षामा प्रश्न खडा हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले राजनीतिक रूपमा पहिचान र अधिकार नरूचाउने शक्तिहरूमा आबद्ध हुने तर अधिकारको माग परिवर्तनकारी शक्तिसँग गर्ने विरोधाभाषबाट माथि उठ्न सल्लाह दिए ।

प्रधानमन्त्री प्रचण्डले समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरेको वर्तमान संविधान कसरी रक्षा गर्न सकिन्छ भन्ने विषयमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

Facebook Comments

सम्बन्धित समाचार