AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले सचिव भट्टराईले भने : गठबन्धन सरकार असफल भइसक्यो, कांग्रेस टुलुटुलु हेरेर नबसोस्

एमाले सचिव भट्टराईले भने : गठबन्धन सरकार असफल भइसक्यो, कांग्रेस टुलुटुलु हेरेर नबसोस्

  • आइतवार, माघ २१, २०८०
एमाले सचिव भट्टराईले भने : गठबन्धन सरकार असफल भइसक्यो, कांग्रेस टुलुटुलु हेरेर नबसोस्

 काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकार असफल भइसकेको बताएका छन् ।प्रेस चौतारी ताप्लेजुङको २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् ।सचिव भट्टराईले नेपालमा व्यवस्था नभइ अहिलेको सरकार चाहिँ असफल भएको आरोप लगाए। सचिव भट्टराईले अब गठबन्धन दल कांग्रेसले यही अवस्थालाई टुलुटुलु हेरेर बस्ने की जनचाहना अनुसारको निर्णय लिने सोच्ने अवस्था भइसकेको बताए।सचिव भट्टराईले भने,’सरकार राजस्व संकलनमा चुकेको छ । एक खर्ब ५० करोड ऋण कर्मचारी लाई तलब खुवाउन ऋण लिनु परेको छ । सुशासनमा इतिहासकै सबैभन्दा भ्रष्ट भएको छ । सुरुमा ताप्के तातेजस्तो तातिन्छ अनि गठवन्धनका नेता तानिन थालेपछि छानबिन अन्तै मोडिन्छ। सरकार असफल हुँदा व्यवस्था असफल भएको होइन । कांग्रेसले यो अवस्था हेरेर नबसोस् र पुनर्विचार गर्नुहोस । कांग्रेसले कित्ता स्पष्ट गर्नुपर्छ भनेर हामीले भनेका छौं ।’

नेपालमा हरेक दशकमा केही न केही परिवर्तन भएको स्मरण गर्दै सचिव भट्टराईले प्रजातन्त्र, गणतन्त्रको विकल्प निरंकुशता नभएको बताए । नेपालमा पृथ्वी नारायण शाह बाहेक कुनैपनि राजाको भूमिका नभएको भट्टराईको दाब थियो ।अनुसन्धान गर्ने प्रहरी अधिकारी हटाइनु, सुन काण्डमा माओवादीका नेता तानिन थालेपछि छानबिन हराउनु यसको उदाहरण भएको उनले बताए । यो सरकार जतिदिन बस्छ मुलुक बर्बादीमा जाने उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार