AarthikBikash
बिहिबार, मंसिर २०, २०८१

हालको खबर

  • होमपेज
  • राजनीति
  • कांग्रेस महासमिति बैठक : चार समूह बनाएर छलफल सुरु

कांग्रेस महासमिति बैठक : चार समूह बनाएर छलफल सुरु

  • बुधबार, फाल्गुन ९, २०८०
कांग्रेस महासमिति बैठक : चार समूह बनाएर छलफल सुरु

काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठकमा चारवटा समूह बनाएर छलफल शुरु भएको छ।बैठकको तेस्रो दिन आज चार समूहमा विभाजन गरी पाँचवटा प्रतिवेदनमाथि छलफल शुरु भएको हो। काँग्रेसका महासमिति प्रतिनिधिले प्रतिवेदनमाथि बोल्न ५ मिनेटको समय पाउने भएका छन्। सोमबारबाट ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठकमा मंगलबार पेस भएका प्रतिवेदनमाथि छलफल भइरहेको हो।

छलफलका लागि २ हजार २ सय बढी प्रतिनिधिलाई चार समूहमा विभाजन गरिएको हो। बुधबार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले क्रमशः सांगठनिक र समसामयिक, राजनीतिक प्रतिवेदन र काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखापरीक्षण प्रतिवेदन प्रश्तुत गरेका थिए।

Facebook Comments

सम्बन्धित समाचार

नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ

आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी

चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।  आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले २ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै हराएको थियो।