кракен ссылкакракен ссылка
AarthikBikash
बुधबार, असार १८, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

  • बिहिबार, फाल्गुन १०, २०८०
गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

काठमाडौं- प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।एमालेक सचेतक महेश बर्तौलाले गणपुरक संख्यामा प्रश्न उठाएपछि गणना गर्दा नपुगेको हो ।गणपूरक संख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक बर्तौलाले संसदमा गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए ।त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो संख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए

गणपूरक सङ्ख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र भएपछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरे ।

सम्बन्धित समाचार