AarthikBikash
बिहिबार, मंसिर २०, २०८१

हालको खबर

  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ

प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ

  • मङ्लबार, फाल्गुन १५, २०८०
प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जनालाई पक्राउ गरेको छ ।

सिआइबीले प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने र सेन्चुरी बैंकका पूर्वसिइओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको हो। सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूमाथि छ।

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ रहेका छन् । प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंक सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सिआईबी स्रोतले बतायो ।

बैंकिङ कसुरमा उनीहरूलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर थप अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ

आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी

चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।  आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले २ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै हराएको थियो।