AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • सुस्ता गाउँपालिकालाई गण्डकीमा ल्याउने एमालेको संकल्प प्रस्ताव

सुस्ता गाउँपालिकालाई गण्डकीमा ल्याउने एमालेको संकल्प प्रस्ताव

  • बुधबार, फाल्गुन १६, २०८०
सुस्ता गाउँपालिकालाई गण्डकीमा ल्याउने एमालेको संकल्प प्रस्ताव

पोखरा-नेकपा एमालेले नवलपरासी पूर्वको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा फिर्ता ल्याउनुपर्ने मागसहिततको संकल्प प्रस्ताव दर्ता गरेको छ ।

गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्दै एमालेले लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेशमा सुस्ता गाउँपालिकालाई फिर्ता ल्याउनुपर्ने माग गरेको हो ।

संविधान निर्माण तथा राज्यको पुनर्संरचना गर्ने क्रममा नवलपरासी जिल्लालाई विभाजन गरी नवलपरासी (वर्दघाट सुस्ता पूर्व) गण्डकी प्रदेशमा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लुम्बिनी प्रदेशमा रहने गरी भूगोल निर्धारण गरिएको थियो ।

सोही क्रममा सुस्ता गाउँपालिका लुम्बिनीमा परेकाले अब गण्डकीमै फिर्ता ल्याउनुपर्ने भन्दै एमालेले बुधबार संकल्प प्रस्ताव दर्ता गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार