mega darknetmega darknet
AarthikBikash
आइतवार, भदौ २२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • राष्ट्रियसभा सांसद पन्तले भने : विधेयक ल्याउने विषयमा सरकार निकै कमजोर देखियो

राष्ट्रियसभा सांसद पन्तले भने : विधेयक ल्याउने विषयमा सरकार निकै कमजोर देखियो

  • बिहिबार, फाल्गुन १७, २०८०
राष्ट्रियसभा सांसद पन्तले भने : विधेयक ल्याउने विषयमा सरकार निकै कमजोर देखियो

काठमाडौं- राष्ट्रियसभा सांसद प्रकाश पन्तले विधेयक ल्याउने विषयमा सरकार निकै कमजोर रहेको बताएका छन्।पदावधि सकिन लागेका सांसद पन्तले ६ वर्ष राष्ट्रियसभामा रहँदाको अनुभव सुनाउँदै विधेयक ल्याउने कुरामा सरकार निकै कमजोर देखिएको बताएका हुन्।

सांसद पन्तले भने,’यो अवधिमा विधेयक ल्याउने कुरामा सरकार निकै कमजोर रह्यो। अहिलेसम्म विधेयकहरू फिर्ता भइरहेका छन्। कहाँनिर समस्या छ भन्नेबारे छलफल हुनुपर्छ।’सांसद पन्तले चाहेर पनि कतिपय विधेयकमा छलफल गर्न समेत नपाएको गुनासो सुनाए। मौलिक हक कार्यान्वयनसम्बन्धी आएका विधेयकमाथि छलफल गर्न नपाएकोमा दुस्ख लागेको बताए।

मेहनतका साथ बनाइएका विधेयकहरू पास नहुँदा आफूहरूको मात्रै नभइ राष्ट्रियसभा र सरकारकै मेहनत खेर गएको बताए।६ वर्षको अवधिमा दुईपटक प्रतिनिधिसभा भंग भएको बताउँदै सांसद पन्तले प्रतिनिधिसभाविहीन अवस्थामा हुँदा आफूहरूले काम गर्नुपरेको बताए।उनले यो अवधिमा प्रतिनिधिसभाले गति लिन नसकेको दावी गरे।

सम्बन्धित समाचार