AarthikBikash
बिहिबार, मंसिर २०, २०८१

हालको खबर

  • होमपेज
  • राजनीति
  • उपनिर्वाचन : २४ चैतमा मनोनयन दर्ता, २७ चैतमा चुनाव चिह्न दिने

उपनिर्वाचन : २४ चैतमा मनोनयन दर्ता, २७ चैतमा चुनाव चिह्न दिने

  • शुक्रबार, फाल्गुन १८, २०८०
उपनिर्वाचन : २४ चैतमा मनोनयन दर्ता, २७ चैतमा चुनाव चिह्न दिने

काठमाडौं- आगामी १५ वैशाखमा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । शुक्रबार आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार आगामी २४ चैत्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।

उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि २५ चैत बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिनको दिउँसो ३ बजे उपरान्त २६ चैत बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी २६ चैतकै बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने प्रवक्ता पौडेलले बताए ।

२७ चैतको बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने स्वीकृत कार्यक्रममा उल्लेख गरिइको छ । निर्वाचन कार्यक्रमअनुसार आगामी १५ वैशाख बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

प्रवक्ता पौडेलका अनुसार प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उक्त बन्दसूचीबाट नाम हटेको अवस्थामा बाहेक यस उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको छ।आगामी १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ काे १ मा उपनिर्वाचन हुन लागेकाे हाे ।

Facebook Comments

सम्बन्धित समाचार

नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ
एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ
आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली
आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी
चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली
चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।  आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले २ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै हराएको थियो।